PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

ट्याक्सीमा आगो लगाएको आरोपमा विप्लव माओवादीको ट्रेड युनियनका अध्यक्ष पक्राउ



सविन ढकाल

ट्याक्सीमा आगो लगाएको आरोपमा विप्लव माओवादीको ट्रेड युनियनका अध्यक्ष पक्राउ

काठमाडौँ : देशभर आफ्ना कार्यकर्ताहरु पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव'ले आह्वान गरेको नेपाल बन्दका क्रममा आज एकाबिहानै ३ बजे कोटेश्वरमा ट्याक्सीमा आगजनी भएको छ।

बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सीमा आगो लगाएका थिए। 

ट्याक्सी चालकले दिएको जानकारी अनुसार प्रहरीले आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव माओवादी समर्थक  ट्रेड युनियनका अध्यक्ष योगन्द्र कुमाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौका एसएसपी विक्रमसिह थापाले पहिलोपोस्टलाई बताए।

प्रहरीले बन्द गराउँदै हिडेका र सवारी साधनमा तोडफोड् गर्ने २२ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। प्रहरीले काठमाडौको कोटेश्वर, बालाजु, त्रिपुरेश्वर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए।

बालाजुमा एउटा ट्याकसी र त्रिपुरेश्वरमा साझा यातायातमा बन्दकर्ताले ढुङगा प्रहार गरेका छन्। प्रहरीले राजधानीको सुरक्षा व्यवस्था चुस्त बनाएको दावी गरेको छ।

ललितपुरमा बन्दको प्रभाव सामान्य

ललितपुरमा भने बन्दको प्रभाव सामान्य देखिएको छ। ललितपुर प्रहरीले अहिलेसम्म १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ।

प्रहरीले बन्दकर्ताबाट केही गुलेली र पर्चासमेत बरामद गरेको जनाएको छ। सुरक्षा व्यवस्था कडा भएकोले ललितपुरमा बन्दको प्रभाव कम परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell