
काठमाडौं : नेकपा माओवादी विप्लव समूहले गरेको बन्दका कारण सर्वसाधारण मारमा परेको भन्दै नेपाल प्रहरी नि:शुल्क बस सेवा सञ्चालन गरेको छ।
'नागरिक सहजताको लागि' भन्दै साँझ ५ बजे सम्मका लागि दुई रुटमा बस सञ्चालनमा ल्याइएको हो।
रुट १ अन्तर्गत कलंकी-कालिमाटी-त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-दरबारमार्ग-नक्साल-पुतलीसडक-माइतीघर-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु रुटमा बस चल्नेछ।
यस्तै रुट नम्बर २ अन्तर्गत नक्साल-मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-सहिदगेट-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-बालुवाटार हुँदै नक्साल रुटका लागि नि:शुल्क बस सेवा सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।