काठमाडौं : रौतहटमा ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ।
रौतहटको चन्द्रनिगापुरबाट ७ किलोमिटरभित्र लच्का भन्ने ठाउँमा ना ६ ख ४६१५ नम्बरको ट्रकमा पेट्रोलबम प्रहार गरिएको हो। बमको छर्रा लागेर ट्रकका सहचालक वसन्त थापा मगर गम्भीर घाइते भएका छन्। ५/६ जनाको अज्ञात समूहले बम प्रहार गरेको चालकले प्रहरीलाई जनाकारी गराएका छन्।
बिहान करिब साढे ५ बजे घटना भए पनि ढिला गरी जानकारी पाएकाले अनुसन्धानमा केही समस्या आएको चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक मनोजकुमार यादबले बताए।