PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सोनाक्षीको कार्यक्रमबाट उठेको १४ लाख रुपैयाँ सैनिक श्रीमति संघले दियो धुर्मुस सुन्तलीलाई



पहिलोपोस्ट

सोनाक्षीको कार्यक्रमबाट उठेको १४ लाख रुपैयाँ सैनिक श्रीमति संघले दियो धुर्मुस सुन्तलीलाई

भूकम्पपीडितका लागि एकीकृत नमूना बस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सैनिक श्रीमती संघले १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। 

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघकी अध्यक्ष तथा प्रधानसेनापति राजेन्द्र क्षेत्रीकी पत्नी रीता क्षेत्रीसहितको टोलीले चेक हस्तान्तरण गरेको हो। 

संघले केही समयअघि टुँडिखेलमा भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोरासहित आयोजना गरेको अमरपंक्षी कार्यक्रममा संकलन भएको रकम मध्ये धरहरा निर्माणका लागि २५ लाख हस्तान्तरण गरिएको र बाँकी रहेको रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको जनाएको छ। 

भूकम्पपीडितको उद्धार र विकासको नमूनाका लागि गिरान्चौर एकीकृत बस्ती निर्माण गर्न संघले गरेको सहयोगसँगै झण्डै २ करोड रुपैयाँ जम्मा भएको कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन्। 

भूकम्पप्रतिरोधी ६५ बालमैत्रीतथाअपाङ्गमैत्रीभवन, बगैँचा, बाल उद्यान, सामुदायिक भवन, शौचालयलगायतका पूर्वाधार निर्माणका लागि करिब ५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell