काठमाडौं : नेकपा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण बिहीबार देशभरको जनजीवन कष्टकर बनेको छ। सार्वजनिक सवारी साधन चल्न नदिएपछि टाढा गन्तव्यका लागि हिँडेका यात्रुहरु बढी सास्तीमा परेका छन्। बजार, कलकारखाना र स्कुल-कलेजमा पनि बन्दको प्रभाव परेको छ।
कालोबजारी, भ्रष्टाचार, महँगीविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेका बाबुराम राई ‘विवश’ लगायतका कार्यक्रताको रिहाइको माग गर्दै माओवादीले बन्द आह्वान गरेको हो। यसक्रममा बिहानै कोटेश्वरमा बन्दकर्ताले ट्याक्सीमा आगजनी गर्नुका साथै देशका विभिन्न ठाउँमा सवारी साधनमाथि ढुंगा र लाठी प्रहार गरी क्षति पुर्याएका छन्।
माओवादी बन्दका क्रममा देखिएका १५ दृश्यहरु यस्ता छन्-
बन्दका कारण सुनसान पोखरा नयाँबजारको सडक। वासुदेव पौडेल, रासस
सार्वजनिक यातायातका साधन कम चलेपछि अलपत्र यात्रुहरु। रोशन सापकोटा, रासस
गाडी नचलेपछि रिक्सामा। रोशन सापकोटा, रासस
राजधानीका भित्री सडकमा कतैकतै फाट्टफुट्ट गाडी चलेपछि भित्र कोचाकोच देखिन्छ। इलिट जोशी, पहिलोपोस्ट
सार्वजनिक यातायातका साधन नचलेपछि ट्रयाक्टर तथा सामान बोक्ने अन्य साधनमा यात्रा गर्न विवश यात्रुहरु। रोशन सापकोटा, रासस
सुनसान साजधानीको सडक। रोशन सापकोटा, रासस
काठमाडौँको चाबहिल। पूर्णप्रसाद मिश्र, रासस
पूर्णप्रसाद मिश्र, रासस