
काठमाडौं : इरानी राष्ट्रिय फुटबल टीमका गोलरक्षक आचारसंहिता विपरीत स्पोन्ज बोव ट्राउजर लगाएको भन्दै प्रतिबन्धमा परेका छन्। २९ वर्षे नम्बर वान गोलरक्षक सोशा मकानीलाई इरानले ६ महिनाको लागि प्रतिबन्ध लगाएको हो।
गत सिजन इरानको फस्ट डिभिजन क्लब पर्सेपोलिसबाट खेलेका मकानीले इरानका लागि अहिलेसम्म ३ खेल खेलेका छन्।
मकानीले स्पोन्ज बोव ट्राउजर लगाएर खिचाएको फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। उनले पहेँलो रङमा कालो थोप्ला भएका ट्राउजर लगाएका थिए।