PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रधानमन्त्री ओलीले भने- ‘नेपालको संविधान विश्वकै उत्कृष्ट’



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले भने- ‘नेपालको संविधान विश्वकै उत्कृष्ट’

काठमाडौं : प्रधानमनन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताएका छन्। 
  
दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कका मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले संविधानसभाका ९२ प्रतिशत सदस्यहरुले हस्ताक्षर गरेको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको बताए।  
 
सात दशकदेखिको राजनीतिक प्रयासबाट प्राप्त भएको संविधानमा सबै नेपालीको चाहना समेटिएको प्रधानमन्त्रीको भनाइ छ।
 
‘लामो समयसम्म हामीले राजनीतिक संक्रमण भोग्दै आयौं,’ उनले भने, ‘ती संक्रमणको अन्त्य गर्दै संविधान जारी भएको छ। अब नेपाल ठूलो सामाजिक-आर्थिक रूपान्तरण लागि नयाँ चरणमा प्रवेश गरेको छ।’
 
संविधान अचानक रुपमा घोषणा नभई सबैको सहमतिमै जारी भएको उनले प्रष्ट पार्दै उनले सबैको हकअधिकारलाई समेटिएको बताए। ‘झन्डै ६ वर्षको अथक प्रयासबाट मात्रै यो उपलब्धि सम्भव भयो,’ उनले थपे।
 
गतवर्षको भूकम्पले नेपालमा धेरै क्षति भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सामूहिक तयारी र क्षेत्रीय सहयोगका कारण विपत्तिलाई पार लगाएको भन्दै सहयोगको सराहना समेत गरे। युवा स्वरोजगारको समस्या रहेकाले धेरैजसो युवा विदेश पलायन भइरहनु बाध्यता भएको बताउँदै उनले स्वदेशमै रोजगार सिर्जनाका लागि क्षेत्रीय सहयोगको अपेक्षा पनि गरे।
 
बिहीबार सुरु भएको सार्क मुख्य सचिवस्तरीय बैठक दुई दिन चल्नेछ। गत मार्चमा पनि पोखरामा सार्क मन्त्रीस्तरीय बैठक भएको थियो।
फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell