बागबजारमा बस्दै आएका सुन्दर कार्कीले ट्याक्सी किनेको दुई हप्ता पनि बितेको छैन। साढे १० लाख रुपैयाँ तिरेर उनले ट्याक्सी किनेका थिए – बा १ ज ८२०६। सोचेका थिए, ट्याक्सी किनियो, एक जनालाई चलाउन दिउँला, केही कमाउँला। तर बिहीबार बिहानै उनको यो सपना ट्याक्सी खरानी भए सँगै खरानी हुनपुग्यो।
बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नेपाल बन्द घोषणा गरेको थियो। तर उनले सोचे, बन्द त बिहान ५ बजेपछि लागू हुने हो। ५ बज्नुअघि नै केही कमाउनु त पर्यो । ऋणले बन्द त भन्दैन। फाइनान्सबाट महँगो ब्याजमा ऋण लिएको, तिर्नु त पर्यो।
उनले ट्याक्सी सुवास परियारलाई चलाउन दिएका थिए। साहुको आदेशमा परियारले एकाबिहानै गाडी निकाले।
ट्याक्सी लिएर कोटेश्वरनजिक पुग्दा दुई जनाले हात दिए। उनले ठाने, यात्रु भेटियो। कलंकी जाने भन्दै उनीहरु ट्याक्सी चढे। तर केही पर नपुग्दै उनीहरुले थर्काइहाले, ‘बन्दको विरोध गरेको तैँले !’
बिहानको त्यस्तै साढे तीन बजेको हुँदो हो। ती अपरिचित दुई यात्रुले आफूसँगै ल्याएको पेट्रोल ट्याक्सीमा खन्याए र आगो लगाइदिए। जसोतसो चालक ट्याक्सीबाट उम्कन सफल भए। तर ट्याक्सी दनदनी बल्न थाल्यो।
परियारले साहुलाई फोन गर्दै ट्याक्सी जलेको खबर सुनाए। त्यसपछि सुन्दरको निद्रा मात्र हैन होसहवास नै गुमे झैँ भयो। तत्काल उनी बानेश्वर पुगे र ट्याक्सी जलाएको भन्दै प्रहरीमा उजुरी दिए।
प्रहरीले घटना भएको केही घण्टामा नै चालकले दिएको हुलियाको आधारमा विप्लव माओवादी निकट ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुमाल र उनका सहयोगीलाई पक्राउ गर्यो।
ट्याक्सीमा लागेको आगो केही समयमा नै निभ्यो तर ट्याक्सी खरानी जस्तै छ। जलाउने पनि समातिएका छन्। तर उनको मनको आगो अझै निभेको छैन।
‘मान्छे समातेर के गर्नु, मेरो ट्याक्सी त छैन अब’, आक्रोसित हुँदै उनी भन्छन्, ‘यो आन्दोलन नै होइन, मजदुर मार्ने प्रवृत्ति मात्र हो। सरकारलाई यो आन्दोलनले केही गलाएको छैन।‘
उनले चुनौति नै दिए, ‘आन्दोलन नै हो भने सरकारलाई घुँडा टेकाएर देखाउन्, म आफै विप्लवलाई १ लाख रुपैयाँ बकस नै दिन्छु।‘
उनी भन्छन्, ‘मेरो १० लाख रुपैयाँ स्वाहा भयो। सरकारले क्षतिपूर्ति देला भन्ने त आशा नै छैन। हामी जस्ता मजदुर त मारिने न हो। कहिले सरकार पक्षबाट, कहिले आन्दोलनरत पक्षबाट।‘