PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

राष्ट्रपति विद्या भण्डारीसित क्रिश्चियनहरुका सर्वोच्च धर्मगुरु पोपका प्रतिनिधिको भेट



पहिलोपोस्ट

राष्ट्रपति विद्या भण्डारीसित क्रिश्चियनहरुका सर्वोच्च धर्मगुरु पोपका प्रतिनिधिको भेट

काठमाडौँ : विश्वभरका क्याथोलिक चर्चहरुको केन्द्र बिन्दुका रुपमा चिनिने स्वतन्त्र सार्वभौम हैसियत भएको होली सीका राजदूत गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसित शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक–आर्थिक विकासमा दुई देशले खेलेको भूमिका तथा प्रबिद्धता एवम् आपसी सहयोग र सम्बन्ध लगायतमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

होली सीको अधिकार क्षेत्र भ्याटिकन सिटी र इटालीको रोमका विभिन्न भागमा रहेका छन्। 

कूटनीतिक रुपमा होली सीले विश्वका सबै चर्चको प्रतिनिधिको रुपमा काम गर्ने र बोल्ने गर्छ। अन्तर्राष्ट्रिय कानुन अनुसार यसलाई सार्वभौम सत्तासम्पन्नका रुपमा केहीले मान्यता दिएका छन्। सार्वभौम क्षेत्रका रुपमा यसले भ्याटिकन सिटीको एन्क्लेभलाई होल्ड गर्छ। यसको प्रमुख नेता इसाई धर्मगुरु पोप नै हुन्छन्। 

भ्याटिकन सिटी देशका रुपमा रहे पनि यसका राजदूतहरुलाई भ्याटिकन सिटीको रुपमा हैन द होली सीको राजदूतका रुपमा आधिकारिक रुपमा मान्यता दिइन्छ। 

यसअघि नेपालको नयाँ संविधानमा धर्म निरपेक्षता र हिन्दु धर्म सम्बन्धी विवाद उठिरहेका बेला क्याथोलिक चर्चका प्रभावशाली इसाई धर्मगुरु कार्डिनल फर्नान्डो फिलोनी गत वर्ष भदौमा नेपाल आएर सरकारी अधिकारीहरुलाई भेट्नुका साथै राजधानी र राजधानीबाहिरका विभिन्न ठाउँमा हुने इसाई धार्मिक सभा (इक्युमेनिकल मिटिङ) डाक्ने तयारी थियो। 

तर सरकारले 'समय अनुकूल नभएको' जानकारी गराएपछि उनको पाँच दिने भ्रमण स्थगित भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell