
काठमाडौं : नायिका अशिष्मा नकर्मी र मोडल निराजन प्रधान एउटै पर्दामा देखिएका छन्। गायक महेश थुलुङको 'पलमै हँसायौ' बोलको गीतमा यी दुई सँगै देखिएका हुन्।
फोटो पत्रकार तथा निर्देशक नवीनबाबु गुरुङले यी दुई चर्चित नायिका र मोडललाई एकै पर्दामा ल्याउने काम गरेका हुन्। नवीनको निर्देशन र छायांकन रहेको यो भिडियो निराजन र अशिष्माको पहिलो म्युजिक भिडियो हो।
गीतमा शब्द, संगीत र स्वर सबै महेश थुलुङ राईको रहेको छ। भिडियोमा अशिष्मा र निराजनसँगै कलाकार सुनिल मगरले पनि अभिनय गरेका छन्।
हेर्नुस् भिडियो