PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

अमेरिकन डलरसहित पाँच जना पक्राउ



पहिलोपोस्ट

चितवन : अवैध रुपमा लुकाइछिपाई ल्याएको अमेरिकन डलरसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेहरुमा म्याग्दी अर्मन–५ बस्ने २८ वर्षीय शेरबहादुर रोका, म्याग्दी बाबियाचौर–५ बस्ने २८ वर्षीय नवीन क्षेत्री, म्याग्दी बिम–१ बस्ने २० वर्षीय बादम जुग्जाली, म्याग्दी ओखरकोट–५ का २२ वर्षीय मनोज बुढा र ३३ वर्षीय श्याम भण्डारी रहेका छन्। उनीहरुको साथबाट प्रहरीले नेपाली २२ हजार ६ सय ८७ रुपैयाँ बराबरको डलर फेला पारेको छ।
 
भरतपुर उपमहानगरपालिका–१ रामनगरमा ना५ख ४३७५ नम्बरको बसमा चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट विभिन्न दरका डलर बरामद गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell