
काठमाडौं : चर्चित गीतहरुमा संगीत भरेका बसन्त सापकोटा अब गायक पनि बनेका छन्। 'क्यारम त नि' बोलको गीतमा बसन्तको संगीतसँगै स्वर पनि सुन्न पाइनेछ।
'क्यारम त नि'को अफिसियल म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ।
दीपेन्द्र केसीद्वारा निर्देशित यो गीतमा मोडल तथा अभिनेता पल शाह र अभिनेत्री नीता ढुंगानासँगै दर्जन कोरसहरुको फिचरिङ छ।
उक्त गीतमा प्रभा आचार्यको शब्द र उदयराज पौडेलको संगीत संयोजन छ। भिडियोमा रामकुमार केसीको छयांकन र प्रशान्त तामाङले कोरियोग्राफीमा काम गरेका छन्।
यस गीतको भिडियोलाई कालिन्चोक डिजिटल नेपालको प्रस्तुतिमा दिनेश खड्काले निर्माण गरेका हुन्। कालिन्चोक डिजिटलको नेपाली सांगीतिक उद्योगमा यसै गीतमार्फत पुनरागमन भएको छ।
हेर्नुस्, बसन्तको स्वर रहेको गीतको भिडियो-