काठमाडौं : १० हजार रुपैयाँको लोभमा आफ्नै साथीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक घर भई बौद्ध तीनचुलीमा बस्ने बलराम ज्योतिलाई प्रहरीले पक्रेको हो। ज्योतिले गत वैशाख २० गते बौद्धमा नै बस्ने २४ वर्षीय लाक्पा तामाङको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
घटनापछि फरार ज्योतिलाई महानगरीय अपराध अनुसन्धानको टोलीले बिहीबार काठमाडौको दक्षिणढोकाबाट पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जनाएका छन्। मृतक तामाङ र अभियुक्त ज्योति एउटै कोठामा बस्दै आएका मिल्ने साथी थिए। एक वर्षअघि जोरपाटीको छहारी क्लबमा दुवै मिलेर एक व्यक्तिसँग १० हजार रुपैयाँ लुटेका थिए।
लुटेको सबै पैसा आफैंले मात्र पाउने लोभमा ज्योतिले तामाङलाई रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ। गत वैशाख २० गते तामाङको शव तीनचुले खेतमा फेला परेको थियो।