PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

उपराष्ट्रपति र मन्त्रीको भ्रमण संयोग : कोही आउने-कोही जाने, प्रधानमन्त्री शिलान्यासमै



पहिलोपोस्ट

उपराष्ट्रपति र मन्त्रीको भ्रमण संयोग : कोही आउने-कोही जाने, प्रधानमन्त्री शिलान्यासमै

काठमाडौं : आज उपराष्ट्रपति चीन भ्रमणमा गए भने परराष्ट्र मन्त्री भारत उडे। प्रधानमन्त्री झापा पुगे आजै। सञ्चार मन्त्री र श्रम मन्त्री पनि वैदेशिक भ्रमणपछि आज नै नेपाल फर्किएका छन्।

आज एकै दिन मन्त्रीहरुको आउजाउ संयोगजस्तो बनेको छ।

हेर्नुस्, उनीहरुको आगमन र प्रस्थानको फरक मूड तस्बिरमा-


 
उपराष्ट्रपति नन्दबहादुर पुन आज चीनको साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। ११ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन उडेका पुनले युनान प्रान्तको राजधानी कुन्मिङमा हुने चौथो चीन-दक्षिण एसिया मेला र चौबीसौं चीन कुन्मिङ आयात-निर्यात व्यापार मेलामा सहभागिता जनाउनेछन्। उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। फोटो : प्रदीपराज वन्त, रासस



 थाइल्यान्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रका दुरसञ्चार सेवासँग सम्बन्धित सेवा प्रदायक संस्थाको ‘फोर जी’ सम्मेलनमा भाग लिई आजै स्वदेश फर्किएका सूचना तथा सञ्चार मन्त्री शेरधन राई। फोटो : रोशन सापकोटा, रासस

परराष्ट्र मन्त्री कमल थापा भने आज भारत प्रस्थान गरेका छन्। दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन उनी नयाँदिल्ली प्रस्थान गरेका हुन्। उनले त्यहाँ समकक्षी सुषमा स्वराजसहित केही उच्च पदस्थ अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। फोटो : नारायण न्यौपाने, रासस
 
श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा स्विटजरल्यान्डबाट आज नै स्वदेश फर्किए। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) को जेनेभामा सम्पन्न कार्यकारी निकायको उच्चस्तरीय बैठकमा भाग लिएर उनी आज फर्किएका हुन्। फोटो : नारायण न्यौपाने, रासस
 
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन झापा पुगे। उनले दमक-१ स्थित रतुवा खोला र इलामको चुलाचुली जोड्ने रतुवा पुलको पनि आजै शिलान्यास गरेका छन्। फोटो : यज्ञराज आङदेम्बे, रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell