PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस केन्द्रीय समितिमा थपिए तीन सदस्य, देउवाको रोजाइमा पुरानै तीन अनुहार



रमेश वाग्ले

कांग्रेस केन्द्रीय समितिमा थपिए तीन सदस्य, देउवाको रोजाइमा पुरानै तीन अनुहार

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले थप ३ केन्द्रीय सदस्य मनोनीत गरेका छन्। यो मनोनयनसँगै देउवाले मनोनीत गरेका गरेका केन्द्रीय सदस्यगको संख्या १० पुगेको छ। 

नेपाली कांग्रेसको विधानले केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था गरेको छ। त्यसमध्ये महाधिवेशनबाट ३ पदाधिकारी र ६१ केन्द्रीय सदस्य गरी ६४ निर्वाचित हुन्छन्। बाँकी २१ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ। 

सभापति शेरबहादुर देउवाले सात जनालाई कार्यभार ग्रहण गरेकै दिन नियुक्त गरेका थिए भने थप ३ जनालाई आज मनोनीत गरेका हुन्। 

मनोनीत हुने केन्द्रीय सदस्यहरुमा पूर्व केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे र किशोरसिंह राठौर छन्। बुढाथोकी र घिमिरे अघिल्लोपटक पनि मनोनीत केन्द्रीय सदस्य हुन् भने राठौर निर्वाचित केन्द्रीय सदस्य हुन्। 

बुढाथोकी र घिमिरे अघिल्लो अधिवेशनपछि तत्कालीन सभापति स्वर्गीय सुशील कोइरालाबाट मनोनीत भएका थिए। त्यतिबेला कोइराला प्यानलमा काम गरेका दुबै जना १४औं महाधिवेशनमा देउवा प्यानलमा लागेका थिए। 

यसअघि देउवाले आफूसँग सभापति पदमा पराजित भएका रामचन्द्र पौडेल, सभापतिमै उम्मेद्वारी दिएर पहिलो चरणमै बाहिरिएपछि आफूलाई सहयोग गरेका कृष्णप्रसाद सिटौला, आफ्नै प्यानलमा महामन्त्रीमा चुनाव लडेर पराजित भएका अर्जुननरसिंह केसी, सिटौला प्यानलमा महामन्त्री लडेर पराजित भएका गगनकुमार थापा, आफ्नै प्यानलबाट पराजित कोषाध्यक्षकी उम्मेद्वार चित्रलेखा यादव, सिटौला प्यानलका कोषाध्यक्ष उम्मेद्वार उमाकान्त चौधरी र स्वास्थ्य समस्या भएर महाधिवेशनमा सहभागी हुन नपाएका पूर्व केन्द्रीय सदस्य नरहरि आचार्यलाई मनोनीत गरेका थिए। 

सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत हुने केन्द्रीय सदस्यको संख्या बढाए पनि विधानको व्यवस्था पालनामा भने असफल भएका छन्। नेपाली कांग्रेसको विधानको दफा १९ मा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पार्टीको नियुक्तिसहित सबै विभाग र समिति गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ। तर गत  वर्षको चैत १ गते पदभार ग्रहण गरेका देउवाले जेठ १ गते नै त्यो वैधानिक व्यवस्थालाई भने कुल्चिसकेका छन्।


विधानमा रहेको व्यवस्था

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरु मध्येबाट मनोनीत गर्ने उपसभापति महामन्त्री र सहमहामन्त्री पनि नियुक्त गरेका छैनन् भने पार्टी विधानले उल्लेख गरेका विभाग र समिति गठन गर्न पनि सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell