
काठमाडौँ : युरो कप फुटबलमा आज तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा अल्बानियाले स्विजरल्याण्डसँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा वेल्सले स्लोभाकियाको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने इङ्ग्ल्याण्ड र रसिया भिड्दैछन्।
त्यसो त खेलमा जित हारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो।
भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषीय भविष्यवाणी राख्दैछौँ। खेल सकिएपछि त्यो भविष्यवाणी सही भयो कि भएन, त्यसको अपडेट पनि यसमैमा गरिनेछ।
इङ्ग्लाण्ड हार्ने, स्लोभाकिया र स्विट्जरल्याण्ड जित्ने
त्यस्तै वेल्सविरुद्धको खेल स्लोभाकियाले जित्ने उनको भविष्यवाणी छ। आज बिहान ११ बजेर ३१ मिनेटको शासकीय ग्रहको आधारमा फलादेश हेर्दा स्लोभाकिया जित्ने देखिएको हो। खेल पौने दश बजे हुनेछ।
शासकीय ग्रह अनुसार भविष्यवाणी गर्दा इङ्गल्याण्ड भने पराजित हुने देखिएको छ। इङ्गल्याण्डले राति पौने १ बजे रसियाको सामना गर्दैछ।
'तर शनि, मंगल वक्री छन्। ग्रह वक्री हुँदा कहिलेकाहीँ विपरीत परिणाम पनि आउन सक्छ। यस्तोमा अपवाद मान्ने चलन छ, जुन हरेक विज्ञानमा हुन्छ', सिटौला भन्छन्।
सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्न माथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।'
सिटौलाले गरेको युरोकपको उद्घाटन खेलमा फ्रान्स जित्ने भविष्यवाणी सही सावित भएको छ।
सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।
नतिजा : खेल सकिएपछि उनको भविष्यवाणी सही भयो कि भएन यसैमा अपडेट हुनेछ।
वेल्स Vs स्लोभाकिया। भविष्यवाणी : स्लोभाकिया विजयी। नतिजा : आउन बाँकी
इङ्गल्यान्ड Vs रसिया। भविष्यवाणी: रसिया विजयी। नतिजा : आउन बाँकी