PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

रमादान र युरो सँगसँगै, फ्रान्सका मुस्लिम खेलाडी फास्टिङ नबस्ने



पहिलोपोस्ट

रमादान र युरो सँगसँगै, फ्रान्सका मुस्लिम खेलाडी फास्टिङ नबस्ने

फ्रान्स : फ्रान्समा युरो २०१६ सुरु भइसकेको छ। नेपाली समयअनुसार शुक्रबार मध्यरातको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हरायो।

एकातिर युरोकप, अर्कातिर मुस्लिमहरुको महान पर्व रमादान।

फ्रान्सेली टिममा पनि केही मुस्लिम खेलाडीहरु रहेका छन्, धार्मिक परम्पराअनुसार उनीहरुले पनि रमादान मनाउँदै आएका छन्। यसपटक भने फ्रान्सका खेलाडीहरुले युरो प्रतियोगिताका कारण फास्टिङ नलिने भएका छन्।

यस वर्षको रमादान गत सोमबारबाट सुरु भइसकेको छ भने यो ३३ वर्षयताकै सबैभन्दा लामो समय चल्नेछ। रमादान चलिरहेको बेला सूर्य उदाएदेखि अस्ताउन्जेलसम्म फास्टिङ बस्नुपर्छ। युरोकपका बेला खेलाडीहरुलाई शारीरिक रुपमा बढी बल पर्ने भएकाले फ्रान्सका मुस्लिम खेलाडी रमादानमा फास्टिङ नबस्ने भएका हुन्।

युभेन्ट्सबाट खेल्ने पउल पोग्वा सहित फ्रान्सका केही खेलाडी मुस्लिम समुदायबाट आएका छन्। फ्रान्सका प्रशिक्षक डिडियर डेसभ्याम्पसले आफ्ना टोलीका सबै खेलाडीहरुलाई हलाल मासु खाने अनुमति रहेको प्रस्ट्याइसकेका छन्।

त्यसो त फ्रान्सबाहेक अन्य टिममा पनि मुस्लिम खेलाडी छन्। अल्बानियाका इटालियन प्रशिक्षक जियानी डे बिएसीले आफ्ना खेलाडीहरुलाई खेल तालिकाअनुसार आफैँ अघि बढ्न अनुमति दिइसकेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell