PahiloPost

Jan 26, 2026 | १३ माघ २०८२

भयवादका व्याख्याता देश सुब्बा भन्छन्- 'भयवाद विश्वयात्रामा छ'



पहिलोपोस्ट

भयवादका व्याख्याता देश सुब्बा भन्छन्- 'भयवाद विश्वयात्रामा छ'

काठमाडौँ : झन्डै दुई दशकदेखि भयावदको नयाँ सिद्धान्तमा काम गर्दै आएका देश सुब्बा शुक्रबार काठमाडौँमा भय-दर्शनको व्याख्यान दिनमै व्यस्त रहे।
 
‘स्थापित मान्यताहरूभन्दा फरक केही नयाँ आएपछि त्यो स्वीकृत हुन समय लाग्छ, तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छोड्छ,’ सुब्बाले भने, ‘मानव जीवन सम्पूर्णता भयबाट सञ्चालित छ भन्दा सुरुमा आश्चर्य लाग्ला तर सोच्दै जाँदा यस कुराको सार्विकता स्थापित हुन्छ।’
 
चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि विश्वभरि मान्यता पाउँदै गएकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा बोल्दै चैतत्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले एक नेपाली छोरोले विश्वलाई यति महत्वपूर्ण सिद्धान्त दिनु गौरवको कुरा भएको बताए। विमर्शका अध्यक्षले किरण भट्टले सुब्बासँगको प्रत्यक्ष अन्तरक्रियाले सिद्धान्तबारे थप कुरा बुझ्ने मौका भएको भन्दै प्रशंसा गरे।

चार उपन्याससमेत लेखेका र एकधर्के कविता आन्दोलन सुरु गरेका सुब्बाले आफू भयवादको विश्वयात्रामा रहेको समेत बताए। यसअघि भारत तथा पूर्वी नेपालका विभिन्न ठाउँमा उनले कार्यक्रम गरिसकेका छन्।

हाल हङकङ बस्दै आएका उनी अमेरिका, क्यानडा र भारतबाट समेत पुरस्कृत भइसकेका छन्।

विमर्श युथ फाउण्डेशन र चैतन्य इन्स्टिच्युट अफ मेनेज्मेन्टले संयुक्त रुपमा गरेको कार्यक्रमको संयोजन युवा समालोचक महेश पौड्यालले गरेका थिए भने समालोचक राजकुमार बरालले सुब्बाबारे परिचयात्मक टिप्पणी राखे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell