PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कथाको बिटो लिएर नारायण ढकाल



पहिलोपोस्ट

कथाको बिटो लिएर नारायण ढकाल

काठमाडौं : उत्कृष्ट कथाहरुको संकलन ‘नारायण ढकालका कथा’ शुक्रबार राजधानीमा सार्वजनिक भएको छ।

आख्यानकार नारायण ढकालद्वारा लिखित कथाहरुको संग्रहलाई लेखक अर्चना थापा, उज्जवल प्रसाईं र बसन्त बस्नेतले संयुक्त रुपमा विमोचन गरे।
 
कथामाथि बोल्दै थापाले तत्कालीन समयको प्रतिबिम्बन गर्नमा कथा अब्बल रहेको बताइन्। ढकालका कथाहरु पढेपछि पाठकमा गम्भीरता पैदा गर्ने भन्दै उनले सबै कथाहरुले वर्गीय दृष्टिकोण प्रस्तुत गरेको चर्चा गरिन्।
 
यस्तै बस्नेतले आफ्नो साहित्य अध्ययनको प्रारम्भिककालदेखि नै ढकालका कथाहरुको पढ्दै आएको र ती कथामा राजनीतिक चेत रहेको बताए। ‘उहाँका कथाहरु आज बजारमा आइरहेका साहित्यभन्दा बिल्कुल गम्भीर र वैचारिक छन्,’ उनले भने, ‘उहाँको साहित्यले अध्ययनको मार्गनिर्देश गरेको छ।’
 
काँठ क्षेत्र र काठमाडौंबीचको अन्तरद्वन्द्वका साथै सामाजिक विद्रुपता नै ढकालको कथा लेखन भएको भन्दै अर्का वक्ता प्रसाईंले ती कथाले समाजसँग प्रत्यक्ष संवाद गर्ने सामर्थ्य राख्ने बताए। समाज र राजनीतिमा देखापरेका मूल्य विघटनहरुलाई निकै सम्प्रेषणीय ढंगबाट प्रस्तुत गरेको उनको भनाइ थियो।
 
२६ कथा संगृहीत पुस्तक पुस्तकलाई पाठक र साहित्यका अध्येताहरुको रुचिका आधारमा पुनर्मुद्रण गरिएको प्रकाशक फिनिक्स बुक्सले जनाएको छ। पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell