PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​अल्वानिया माथि स्विट्जरल्याण्डको कठिन जित



पहिलोपोस्ट

​अल्वानिया माथि स्विट्जरल्याण्डको कठिन जित

स्विट्जरल्याण्डले फ्रान्समा चलिरहेको युरो २०१६ मा विजयी सुरुवात गरेको छ। समुह ए अन्तर्गत शनिबार बेलुका भएको खेलमा स्विट्जरल्याण्डले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको डेब्युटान्ट अल्वानियालाई १–० ले पराजित गर्यो।
 
युरो कपमा अहिलेसम्म समुह चरण पार गर्न नसकेको स्विट्जरल्याण्डले जितसँगै महत्वपुर्ण तीन अंक जोडेको छ। खेलको पाँचौ मिनेटमै फावियन स्चाएरले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए।
 
३६ औं मिनेटमा कप्तान लोरिक कानाले दोहोरो पँहेलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अल्वानिया दश खेलाडीमा झरेको थियो । तर अल्वानिया दश खेलाडीमा झरेको फाइदा स्विट्जरल्याण्डले लिन सकेन र पाँचौ मिनेटको गोल नै स्विट्जरल्याण्डलाई तीन अंक दिलाउन निर्णायक बन्यो। 

युरो अन्तर्गत गएराती भएको उद्घाटन खेलमा आयोजक फ्रान्सले रोमानियालाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell