
फ्रान्समा जारी युरो २०१६ अन्तर्गत अल्वानिया र स्विट्जरल्याण्डबीचको खेलमा प्रतियोगिताको पहिलो रातो कार्डको प्रयोग गरिएको छ ।
रातो कार्ड पाउने त्यस्तो अभागी खेलाडी बनेका छन् अल्वानियाका कप्तान लोरिक काना । टीमको नेतृत्व गर्ने खेलाडीले नै रातो कार्ड खाएपछि अल्वानिया युरोको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको छ।
२३ औं मिनेटमा पहिलो पहेँलो कार्ड खाएका कानाले ३६ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेका थिए । त्यसपछि कानाले रातो कार्ड पाएसँगै अल्वानिया दश खेलाडीमा झरेको थियो ।