PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पाराग्वेलाई हराउँदै आयोजक अमेरिका क्वाटारफाइनलमा



पहिलोपोस्ट

आयोजक अमेरिका कोपा अमेरिका सेन्टेनारियोको क्वाटरफाइनलमा प्रवेश गरेको छ। समुह चरणको पहिलो खेलमा कोलम्वियासँग पराजित भएको अमेरिका त्यसपछिका दुई खेल जित्दै अन्तिम आठमा पुगेको हो। 

दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको अमेरिकाले आइतबार बिहान भएको समुह ए को आफ्नो अन्तिम खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। 

खेलको २८ औं मिनेटमा क्लिन्ट डेम्पसीले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन। 
४८ औं मिनेटमा डीआन्द्रे येल्डिन दोहोरो पँहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि अमेरिका दश खेलाडीमा झरेको थियो। तर पाराग्वेले त्यसको फाइदा उठाउन सकेन र डेम्प्सीको गोल नै निर्णायक बन्यो र अमेरिका महत्वपुर्ण तीन अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गर्यो। 

पहिलो खेलमा कोलम्वियासँग हारेपनि अमेरिकाले दोस्रो खेलमा कोस्टारिकालाई पराजित गरेको थियो। समुह ए बाट कोलम्विया यसअघि नै क्वाटरफाइनल पुगिसकेको छ।  पाराग्वे र कोस्टाारिका भने समुह चरणबाटै बाहिरिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell