PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​नयाँ शक्तिको 'ज्याकेड एड', 'कोकाकोला शैलीको प्रचार'



पहिलोपोस्ट

​नयाँ शक्तिको 'ज्याकेड एड', 'कोकाकोला शैलीको प्रचार'

काठमाडौँ : आज घोषणा हुन लागेको डाक्टर बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालले अधिकांश दैनिक पत्रिकामा 'ज्याकेट एड' गरेको छ। रंगशालामा पुग्न आह्वान गर्दै पार्टीले बाबुराम भट्टराईको श्यामश्वेत तस्बिर सहितको विज्ञापन छापेको हो।

विज्ञापनमा 'अबको निकास, आर्थिक विकास' भन्ने पार्टीको नारालाई हाइलाइट गरिएको छ।

भट्टराईको पार्टीले टेलिभिजन विज्ञापनदेखि युट्युब र रेडियोमा समेत विज्ञापन गर्दै आएको छ। त्यसो त सामाजिक सञ्जालहरुमा समेत नयाँ शक्तिको पार्टी घोषणाको विज्ञापन गरिएको छ।

राजधानीबाट प्रकाशित हुने गोरखापत्र राष्ट्रिय दैनिक बाहेकका कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण पोस्ट, कारोबार, नेपाल समाचार पत्र, राजधानी, दि हिमालयन टाइम्स लगायतका पत्रिकामा ज्याकेट एड छापिएका छन्।

पत्रिकाको पहिलो पृष्ठभन्दा पनि बाहिर पत्रिकालाई नै छोप्ने गरी दिइने विज्ञापनलाई 'ज्याकेट एड' भनिन्छ।

शनिबार पार्टी घोषणाअघि पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले प्रचार प्रसार तथा छपाइमा ३७ लाखको खर्च विवरण सार्वजनिक गरेको थियो।
 

ट्विटरमा प्रतिक्रिया

सामाजिक सञ्जाल ट्विटरमा बाबुरामको पार्टीको विज्ञापनको चर्चा भएको छ। विज्ञापनलाई कतिपले राम्रो रुपमा लिएका छन् भने उत्तिकै आलोचना पनि भएका छन्। सूर्यराज आचार्यले ट्विटरमा लेखेका छन्- नयाँ शक्तिलाई शुभकामना दिइयो तर कोकाकोला जस्तो प्रचार शैली त्यति निको लागेन है। 

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले भने प्रचार शैलीमा आएको टिप्पणीलाई 'सामान्य रुपमा' लिएको पहिलोपोस्टलाई बताए। 'टिप्पणी त आइहाल्छन्। हामीले अनुमानित खर्च विवरण सार्वजनिक गरेका छौँ। थप खर्च विवरण पनि पछि सार्वजनिक गर्छौँ', उनले विज्ञापनको खर्चका विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै भने। 
 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell