PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कोपा अमेरिका : कोस्टारिसँग हारेपछि कोलम्विया समुह ए को उपविजेता



पहिलोपोस्ट

​कोपा अमेरिका : कोस्टारिसँग हारेपछि कोलम्विया समुह ए को उपविजेता

कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत समुह ए को अन्तिम खेलमा कोलम्विया कोस्टारिकासँग पराजित भएको छ । यसअघि नै लगातार दुई खेलमा जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको कोलम्विया कोस्टारिसँग हारेपछि समुह ए को उपविजेता बनेको छ । 

टेक्सासस्थि एनआरजी स्टेडियममा भएको खेलमा कोलम्विया कोस्टारिकासँग ३–२ ले भयो । अघिल्लो खेलमा पाराग्वेलाई जितेको टीमबाट कोलम्वियाका प्रशिक्षक जोसे पेकरम्यानले दश खेलाडी परिवर्तन गरेको थिए जसको प्रत्यक्ष असर कोस्टारिकासँग खेलमा देखियो । 

जोहान भेनेगासले खेलको दोस्रो मिनेटमै गोल गर्दै कोस्टारिकालाई पहिले अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि कोलम्वियाका फ्रान्क फाब्राले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर ३५ औं मिनेटमा फाब्राले आत्मघाती गोल गरेपछि कोलम्विया २–१ ले पछि पर्यो । 

पहिलो हाफमा २–१  ले पछि परेको कोलम्वियाले दोस्रो हाफमा मुख्य खेलाडीहरु कप्तान जेम्स रोड्रिग्वेज, एडविन कार्डोना, जुवान कार्डोवालाई मैदान उतारेको थियो । तर उनीहरुले आफ्नो प्रभाव देखाउन सकेनन् । ६८ औं मिनेटमा सेल्सो बोर्गेसले गोल गर्दै कोस्टारिकालाई ३–१ को अग्रता दिलाए ।
७३ औं मिनेटमा मार्लेस मोरेनोले गोल गर्दै कोलम्वियालाई केही आशा देखाएपनि हार टार्न भने पर्याप्त रहेन  र कोलम्विया ३–२ ले पराजित भयो । 

हारसँगै समुह ए को उपविजेता बनेको कोलम्वियाले अब क्वाटरफाइनलमा समुह बी को विजेतासँग खेल्नेछ ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell