PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, जाममा परिएला



पहिलोपोस्ट

कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याउनुस्, जाममा परिएला

काठमाडौं : आज तपाईं कुनै काम लिएर कतै निस्कँदै हुनुहुन्छ? विचार पुर्‍याएर मात्र हिँड्नुहोला। 

दशरथ रंगशालामा हुने नयाँ शक्ति नेपालको पार्टी घोषणासभाका लागि आउने कार्यकर्ता र र्‍यालीका कारण राजधानीका विभिन्न ठाउँमा जाम हुने भएको छ। ट्राफिक प्रहरीले पनि ध्यान पुर्‍याएर मात्र हिँड्न अनुरोध गरेको छ।

एक लाख कार्यकर्ता उतार्ने दाबी गर्दै आएको नयाँ शक्तिका कार्यकर्ता आउने क्रम अझैसम्म जारी छ। उनीहरुको र्‍याली कारण पनि सवारी आवागमनमा समस्या देखिने भएको हो।

कुपण्डोल, कालिमाटी, रत्नपार्क लगायतका ठाउँबाट केही बेरमै र्‍याली सुरु हुने भएकाले यी क्षेत्र आसपासको सवारी आगमनमा अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ।
 
११ बजे देखि १ बजेसम्म कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, माइतीघर, पुरानो बानेश्वर, पुतलीसडक आसपासका क्षेत्र भएर यात्रा गर्दा जाम हुन सक्ने भएकाले विचार पुर्‍याउन महानगरीय ट्राफिक प्रहरी महाशाखले भनेको छ। ट्राफिकले जाम कम गर्न र्‍यालीलाई सडकपेटीको एकातर्फमात्र प्रयोग गर्न दिने बताइएको छ।

आजको सम्भावित सडक जामलाई मध्यजनर गर्दै तीन सयभन्दा बढी ट्राफिक प्रहरी विभिन्न ठाउँमा खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell