
काठमाडौँ : नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले समृद्धिको लागि लगानीको सुरक्षाको वातावरण बनाउन नयाँ शक्तिले योगदान गर्नुपर्ने सुझाव दिएका छन्।
दशरथ रंगशालामा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको घोषणा सभामा देउवाले नयाँ शक्तिको नारा राम्रो रहेको भन्दै प्रशंशा गरे।
'मूल अजेण्डा राम्रो छ। आर्थिक विकास र समृद्धि अहिले अति आवश्यक छ', देउवाले भने, 'आर्थिक विकासका लागि लगानी जरुरी छ। लगानीका लागि सुरक्षा जरुरी छ।'
देउवाले बन्द हड्ताल र जुलुस निरन्तर भइरहे लगानि गर्न कोही नआउने भन्दै सचेत हुनुपर्ने आवश्यकता औँल्याए।