फ्रान्समा शुक्रबारबाट सुरु भएको युरो २०१६ को पहिलो खेलमा इंगल्याण्ड रसियासँग एक-एक गोलको बराबरीमा रोकियो। फ्रान्सको स्टेड डे भेलोड्रोनमा भएको खेलमा रसियाका कप्तान भसिली बेरेजुट्स्कीले गोल गर्दै इंग्ल्याण्डसँग अंक खोसेका थिए।
मैदानभित्र मात्र होइन बाहिर पनि रसियनहरु इंगल्याण्डमाथि हाबी बने। रसियन समर्थकले इंग्लिस समर्थकलाई लखेटे। रेफ्रीले खेल सकिएको संकेत गरेपछि उक्त घटना भएको हो। रसियन समर्थकको आक्रमणबाट बच्नका लागि इंग्लिस समर्थकहरु आफू बसेको स्थानबाट भाग्नुपरेको थियो।
इंगल्याण्ड र रसियाको खेल हुनुअघि पनि दुवै पक्षका समर्थकबीच झडप भएको थियो। उक्त झडपमा घाइते भएका ३१ जनाको अस्पतालमा उपचार भइरहेको छ।
युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले उक्त घटनापछि स्टेटमेन्ट जारी गर्दै त्यस्तो आक्रमणमा संलग्न व्यक्तिहरुलाई फुटबलमा कुनै स्थान नभएको उल्लेख गरेको छ। मैदान परिसरमा भएको घटनामा संलग्न व्यक्तिहरुमाथि मात्र छानबिन गर्ने युइएफएले बताएको छ।
रसियन फुटबल युनियनले खेल दौरान अनुचित व्यवहार गर्नेलाई पहिचान गरी कारबाही गर्ने बताएको छ। तर रसियाका खेलकुद मन्त्री भिटाली मुट्कोले भने आयोजक र सुरक्षाको कमजोरीले यस्तो घटना हुन पुगेको बताए।
(डेलिमेलबाट)