PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

हिरो स्टाइलमा बाइक कुदाउँदा 'गुल्टियो झिल्के' सार्वजनिक



पहिलोपोस्ट

हिरो स्टाइलमा बाइक कुदाउँदा 'गुल्टियो झिल्के' सार्वजनिक

‘झिल्केले हाक्छ बाइक हिरो स्टाइलमा
रोइकराइ गर्दा किन्दे बाले किस्तामा
झिल्केले हाँक्छ बाइक धेरै स्पिडमा
ओभरटेक गर्न खोज्छ जुनसुकै भिडमा
 
गायक टंक बुढाथोकीले स्वर रहेको ट्राफिक गीत ‘गुल्टियो झिल्के’ सार्वजनिक भएको छ। ट्राफिक जनचेतना फैलाउने उद्देश्यले निकालिएको गीतको भिडियो महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले सार्वजनिक गरेका हुन्। उनले गीत–संगीत पनि जनचेतना फैलाउने एउटा सशक्त माध्यम रहेको बताए।

‘यसअघि पनि यस्ता केही प्रयास भएका थिए, यो थप प्रयास हो,’ उनले भने, ‘सुरक्षित समाजको निर्माण गर्ने हाम्रो अभियानमा सहयोग गरेको सम्पूर्ण कलाकारलाई धन्यवाद।’

मेट्रो ट्राफिक एफएमका प्रस्तोता सन्तोष सापकोटाले गीत लेखेका हुन्। संगीत गायक बुढाथोकीकै छ। नेपाल प्रहरी प्रधान कार्यलय श्रव्यदृश्य शाखाका प्रहरी नायब निरीक्षक सन्तोष लामा मोक्तानले भिडियोको छायांकन, सम्पादन र निर्देशन गरेका हुन्।

भिडियोमा एउटा युवकले कसरी सडकमा लापरबाहीका साथ मोटरसाइकल कुदाउँछ र त्यसको परिणाम के निक्लिन्छ भन्ने कुरा देखाउन खोजिएको छ। भिडियोमा सुमनसागरजंग शाही, सरु गौतम, विवेक बजगाई, लुना गुरागाई, अशोक कुमार निरौला आदि कलाकारको अभिनय रहेको छ। 

हेर्नुस् भिडियो
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell