PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​नयाँ शक्तिले एमालेबाहेकका पार्टीलाई धक्का दिन सक्छ - प्रधानमन्त्री ओली



पहिलोपोस्ट

​नयाँ शक्तिले एमालेबाहेकका पार्टीलाई धक्का दिन सक्छ - प्रधानमन्त्री ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्तिले एमाले बाहेकका पार्टीलाई धक्का दिन सक्ने बताएका छन्।

दशरथ रंगशालामा नयाँ शक्तिको घोषणा सभामा नयाँ पार्टीलाई शुभकामना दिदैँ ओलीले भने - 'म स्पष्ट छु, सम्भावना देख्छु। सायद यस पार्टीले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ।'

उनले आफूले कुनै पार्टी प्रति आग्रह र पूवाग्रह नराख्ने बताए। 'राख्न जरुरी पनि छैन, शुभकामना छ', ओलीले भने।

उनले नयाँ बन्दै गरेको पार्टीले यो काम गरेर उ काम गरेन भनेर तत्काल टिप्पणी गर्न नमिल्ने बताए।  'पार्टी भर्खर बन्दैछ। यो काम गरेन उ काम गरेर भन्न मिलेन। बनिसकेपछि के गर्छ हेर्नुपर्छ। म आशा अपेक्षा गर्छु, राम्रो काम गरोस्', ओलीले भने, 'देशका लागि जनताका लागि काम गरोस्, राष्ट्रियताका लागि काम गरोस्।'

प्रधानमन्त्री ओलीले नयाँ शक्तिलाई विकास र राष्ट्रियताका लागि काम गर्ने अपेक्षा व्यक्त गरे। 'राजनीतिक पार्टी त धेरै छन् संसदमै ३०/३२ वटा पार्टी छन्, निर्वाचन आयोगमा २ सय जति छन्', उनले भने। 

प्रधानमन्त्री ओलीले संविधानले तय गरेको संरचनाहरुले अब पूर्णता पाउने उल्लेख गर्दै मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए।

नेपाल सँधै आरोप प्रत्यारोप र झगडाको केन्द्र बन्न नसक्ने उल्लेख गर्दै उनले शुभकामना दिए, 'यस पार्टीले यसका लागि नेपालको आर्थिक उन्नतिका लागि सकारात्मक भूमिका खेल्न सकोस्।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell