PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

साउन २३ देखि नेविसंघको महाधिवेशन, तीन दिनका लागि भृकुटीमण्‍डपको हल बुक



पहिलोपोस्ट

साउन २३ देखि नेविसंघको महाधिवेशन, तीन दिनका लागि भृकुटीमण्‍डपको हल बुक

काठमाडौं : लामो समयदेखि हुन नसकेको नेपाल विद्यार्थी संघको ११औं राष्ट्रिय महाधिवेशन साउन २३ गते हुने निश्चित भएको छ।
 
राजधानीको भृकुटीमण्डपमा २३ देखि २५ गतेसम्म हुने महाधिवेशनका लागि प्रतिदिन २ लाख १० हजारका दरले हल बुक गरिएको नेविसंघले जनाएको छ।
 
महाधिवेशनका लागि करिब ३४ सय प्रतिनिधि आउने भएकाले भृकुटीमण्डप नै उपयुक्त भएको नेविसंघका प्रवक्त युपी लामिछानेले बताए।
 
जारी केन्द्रीय समिति बैठक रोकेर आज हल बुक गरिएको हो। भोलि बस्ने बैठकबाट महाधिवेशन तयारी उपसमितिहरु निर्माण गरिने लामिछानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell