PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी



पहिलोपोस्ट

युरो प्रेडिक्सन : यस्तो छ आजको खेलमा ज्योतिषीको भविष्यवाणी

काठमाडौँ : युरो कप फुटबलमा आज तीन खेल हुँदैछन्। नेपाली समय अनुसार साँझ ६:४५ मा हुने पहिलो खेलमा टर्की र क्रोएसिया सँग खेल्दैछ भने ९:४५ हुने दोस्रो खेलमा पोल्याण्डले नर्दन आयरल्याण्डको सामना गर्दैछ। मध्यरात १२:४५ मा हुने अर्को खेलमा भने जर्मनी र युक्रेन भिड्दैछन्। 

त्यसो त खेलमा जित हारको कुरा मैदानमा खेल्ने खेलाडीहरुको प्रदर्शनमा भर पर्ने कुरा हो। तर पश्चिमी देशमा पनि खेल कसले जित्ला भनी अनुमान र भविष्यवाणी गर्ने क्रम जारी हुन्छ। सन् २०१० को विश्वकपमा पाउल नामको अक्टोपसले गरेको भविष्यवाणी चर्चामा आएको थियो। 

भविष्यवाणी मिल्ने/नमिल्ने आफ्नो ठाउँमा छ। तर ज्योतिष के भन्छन्, यसबारे जानकारी लिन हामी युरोकप २०१६ का खेल अगाडि नै हरेक खेलको ज्योतिषीय भविष्यवाणी राख्दैछौँ। खेल सकिएपछि त्यो भविष्यवाणी सही भयो कि भएन, त्यसको अपडेट पनि यसमैमा गरिनेछ। 

को जित्ने को हार्ने?

ज्योतिष डा. सुनिल सिटौला दिउसो ३ बजेर ८ मिनेटको सासकिय ग्रह गणित अनुसार टर्की र क्रोएसियाबीचको खेलमा क्रोएसिया जीतको सम्भावना रहेको बताउँछन्। त्यस्तै पोल्याण्ड र नर्दन आयरल्याण्डको खेलमा पोल्याण्ड विजयी हुने भविष्यवाणी उनको छ। 'जर्मनी र युक्रेनबीचको खेलमा जर्मनी ले जित्ने देखिन्छ', उनको भविष्यवाणी छ। 

सिटौला आफ्नो भविष्यवाणीको पक्षमा तर्क गर्दै भन्छन्, 'ज्योतिषले प्रश्न माथि चिन्तन गर्दाको लग्नेस, लग्न नक्षत्रेस, चन्द्र रासिस, चन्द्र नक्षत्रेस र वारेसलाई शासकीय मान्छ र त्यसको केही जोड घटाउ गरेर सटीक फलादेश गर्छ।' 

सिटौला आफ्ना अधिकांश फलादेश सही भएको दावी गर्छन्। अण्डर २३ विश्वकप फुटबल र अन्डर १९ क्रिकेटमा आफ्नो भविष्यवाणी सही भएको जिकिर गर्छन्।
 

नतिजा : खेल सकिएपछि उनको भविष्यवाणी सही भयो कि भएन यसैमा अपडेट हुनेछ। 
 

टर्की Vs क्रोएसिया। भविष्यवाणी : क्रोएसिया विजयी। नतिजा: सही
पोल्यान्ड Vs नर्दन आयरल्यान्ड। भविष्यवाणी: पोल्यान्ड विजयी। नतिजा: सही
जर्मनी Vs युक्रेन। भविष्यवाणी : जर्मनी विजयी। नतिजा: सही



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell