काठमाडौँ : दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरेका डा. बाबुराम भट्टराईले झण्डै २ घण्टा लामो भाषणमा कसैलाई गाली गरेनन्। उनले आफ्नो पार्टीले लिएको नीतिबारे प्रष्ट पार्न समय खर्चिए भने आफ्नो व्यक्तित्वबारे उठेको प्रश्नबारे प्रष्ट पार्न खोजे। भट्टराईले विदेश नीतिदेखि दलित जनजातिका मुद्दा तथा इतिहासदेखि लोकतान्त्रिक आन्दोलन र संविधान बनेपछिको कालखण्डको ब्याख्यामा सयम व्यतित गरे। के भने त बाबुराम भट्टराईले खुलामञ्चबाट?
सुनको छाना हाल्ने पार्टी
नेपालको पहिलो कालखण्डमा एकीकरणले प्रधानता पाएको, दोश्रो कालखण्डमा लोकतन्त्रले प्रधानता पाएको उल्लेख गर्दै भट्टराईले घरको जग खडा भइसकेकोले अब आर्थिक विकास र समृद्धिको सुन्दर छाना हाल्नुपर्ने बताए। 'भित्ता बिनाको छाना बिनाको घर बस्न लायक हुन्न। नयाँ शक्तिले घर माथिको सुनको गजुर हाल्नुपर्छ', उनको भनाई थियो।१ सय ८० माथि थप एउटा पार्टी होइन
भट्टराईले नयाँ शक्ति १ सय ८० माथिको थप पार्टी नभएको बताए। 'वैकल्पिक सोच र संस्कृतिको पार्टी हो। हिजो चार पाँच जना मान्छे भेला भएर पार्टी घोषणा गर्थे। आज पचासौँ हजार उपस्थित भएर पार्टी घोषणा भयो।'विकास प्रिय शब्द होइन
भट्टराईले आफ्नो पार्टीले दिएको विकासको नाराको प्रतिरक्षा गर्दै विगतमा दिइएको भन्दा फरक भएको दावी गरे। 'पञ्चायतमा पनि विकासको मूल फुटाउने कुरा हुन्थ्यो', भट्टराईले भने, 'विकास र समृद्धि फरक कुरा हो।'अर्जुनले आँखा देखे अरुले चरा र रुखको हाँगा
भट्टराईले महाभारतको प्रसङ्ग उठाउँदै भने - द्रोणाचार्यले पाण्डवहरुलाई लाइनमा राखेर रुखमा चरा झुण्ड्याएर तीर हान्न लगाउनु अघि सोधे - के देख्यौँ। कसैले रुखको हाँगो भने कसैले चरा भने। अर्जुनले चराको आँखा भने। उनले चरा खसाले त्यसलाइ अर्जुनदृष्टि भनिन्छ। हाम्रो अर्जुन दृष्टि पनि विकास र समृद्धिमा छ।मेरो जीवनकालमा संसारको सबैभन्दा धनी देश
भट्टराईले आफ्नो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश नेपाललाई बनाउने बताए। '२५ वर्षमा मेरो जीवनकालमा नै संसारको सबैभन्दा धनी देश बनाउँदै छौँ', उपस्थितहरुलाई देखाउँदै भने, 'तपाइँहरुको त (जीवनकाल) अझ लामो छ।' उनले १५ वर्षमा देशलाई मध्यम आय स्तरको देश बनाउने र प्रतिव्यक्ति आय सात सय डलरबाट दश गुणा बढाउने दावी गरे।शासकीय प्रणालीमा सुधार
भट्टराईले आफ्नो पार्टी संसद पूर्ण समानुपातिक र कार्यपालिका प्रत्यक्ष निर्वाचितको पक्षमा रहेको बताए। उनले मलेसियामा महाथिरले २० वर्ष र सिङ्गापुरमा लि क्वानले ३० वर्ष शासन गरेको उदाहरण दिदैँ भने - कम्तिमा नेपालमा पाँच वर्ष प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ।पार्टीमा पालो कुर्दैमा बित्छ
भट्टराईले पार्टीहरुमा नयाँ पुस्ताले नेतृत्वका लागि पालो कुर्दैमा समय बित्ने गरेको बताए। 'राज्य सत्तामा पुग्न त साठीदेखि सत्तरी वर्ष लाग्छ, हाम्रो पार्टीमा हामीले एउटा कार्यकारी पदमा २ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्दैछौँ।'जटिल भू राजनीति
दशरथ रंगशालाबाट भट्टराईले नेपाल भारत र चीन जस्तो दुई ठूलो देशको जटिल भू राजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै बाह्य र ठूला राष्ट्रको हस्तक्षेपले अस्थिरता निम्त्याउने गरेको बताए। उनले अफगानिस्तान, सिरिया र यमनको उदाहरण समेत प्रस्तुत गरे। '२ सय वर्ष चेपिएर बस्यौँ, अब चेपिन जरुरी छैन। दुई समुन्द्रको बीचको गतिशील पुल बन्नुपर्छ। भारत र चीनको पुँजी र प्रविधि ल्याएर फाइदा उठाउन सकिन्छ।'तपाइँका छोराछोरी राजनीतिमा कति आकर्षित छन्?
भट्टराईले रंगशालामा उपस्थितहरुलाई देखाउँदै राजनीति नै भ्रष्टाचारको मूल आधार रहेको उल्लेख गर्दै भने - तपाइँका छोराछोरीहरु राजनीतिप्रति कति आकर्षित छन्। पढेपछि देशमा बस्न पनि चाहँदैनन्। हामी राजनीति फोहोरको आहाल सफा गर्छौँ। राजनीति डर्टी गेम होइन।'उनले राजनीति सफा गर्न सके तल मौलाएको भ्रष्टाचार अन्त्य गर्न सकिने तर्क गरे।
विचार र राजनीतिलाई माथि उठाउनुपर्छ
भट्टराईले अल्बर्ट आइन्स्टाइनको उदाहरण प्रस्तुत गर्दै कुनै पनि समस्या त्यही आधारभन्दा माथि उठेर मात्र समाधान गर्न सकिने उल्लेख गरे। 'विचार र दर्शनले मान्छेको आविष्कार गरेको होइन', उनले भने, 'विचार र दर्शन धर्मशास्त्र होइन। हामी एउटा वाद घट्यो भने जात गएजस्तो सोच्छौँ। विचार र दर्शन एक ठाउँमा बस्ने चिज होइन।'बाबुराम पनि पुरानै मान्छे
भट्टराईले आफूलाई बारम्बार सोध्ने र आफ्नो विषयमा जनताले पालेको बाबुराम पुरानै मान्छे भन्ने प्रश्नमा स्पष्टिकरण दिए। 'जनयुद्धबाट आएको मान्छे कसरी नयाँ हुन्छ भन्ने सोचेको होला', उनले भने,'मेरो बुबा यहीँ (रंगशालामा) बस्नु भएको छ। उहाँलाई हेर्नुभयो भने अहिले पनि उहाँ किसान देखिनुहुन्छ।'उनले अगाडि भने, 'अब मैले केही लिनुछैन। म कार्यकारी प्रधानमन्त्रीसम्म भएँ। मेरो छोरीको पुस्ताको निम्ती बाँकी जीवन अर्पण गर्छु भन्दा गलत के हुन्छ?'