PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​१० फोटोमा हेर्नुस् रातो सारीमा नयाँ शक्तिकी करिश्मा

​१० फोटोमा हेर्नुस् रातो सारीमा नयाँ शक्तिकी करिश्मा

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आइतबार नयाँ शक्ति नेपालले आफ्नो घोषण सभा नयाँ शैलीले गर्न खोज्यो। नयाँ स्वरुप दिन भन्दै पार्टीले कुनै पनि अतिथिलाई स्टेजमा राखेन। शुभकामना दिने क्रममा मात्र सजाइएको स्टेजमा गएर अतिथिहरुले शुभकामना दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कांग्रेसका सभापति शेरबहादुर देउवासमेत तातो घाममा दर्शक दीर्घामा बसिरहे। झन् संयोजक बाबुराम भट्टराई र उनी श्रीमती हिसिला यमी ५ घण्टाभन्दा बढी तातो घाममा नै बसिरहे।

कार्यक्रम सञ्चालन गर्ने महिलाको जिम्मा नायिका करिश्मा मानन्धरले पाएकी थिइन्। उनको उद्घोषण शैलीले भने कार्यक्रम केही फितलो बन्यो।

तीजमा जस्तै रातो सारीमा सजिएर आएकी करिश्मा शुरुमा स्टेजमा आउँदा धेरैले ताली ठोके,  सिट्टी बजाए। तर उनको यो आगमनको खुसी धेरै बेरसम्म टिक्न सकेन।  कनिकुथि अंग्रेजी बोलेर धेरै गल्ती गरे। धेरै पटक उनले अतिथिको नाम, थर, पद नै गलत उच्चारण गरिन्। मन्त्री, प्रधानमन्त्री जस्ता व्यक्तिको लागि प्रयोग हुने सम्माननीय, माननीय जस्ता शब्द त उनका लागि नौला नै रहेको धेरैले बुझे।


ट्रेन्डिङ पोस्ट

Ncell