PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बाबुरामको पार्टीलाई तेस्रो लिङ्गीको माया

बाबुरामको पार्टीलाई तेस्रो लिङ्गीको माया

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौँ : आइतबार राजधानीको दशरथ रंगशालामा बनेको एक स्टेजमा नयाँ शक्ति पार्टीको घोषण भइरहेको थियो। स्टेज पछाडि भने एउटा छुट्टै माहौल थियो। त्यही भीडमा फोटो खिचाउन अन्य आगन्तुकहरु पनि मग्न थिए। न त त्यहाँ नयाँ शक्तिकी सदस्य नायिका करिश्मा मानन्धर थिइन् न त नायक सरोज खनाल नै। त्यहाँ थिए तेस्रो लिङगीहरु।

संयोग, बाबुराम भट्टराईले एक पटक खुलामञ्चको सभामा एमालेलाई तेस्रो लिङ्गीहरुको पार्टी भएको आरोप लगाएका थिए। उनै भट्टराईको नयाँ पार्टीको घोषणा सभामा चर्चा रहे तेस्रो लिङगी समुदाय। तेस्रो लिङगीहरुको समूह विभिन्न झाँकीसहित रत्नपार्कबाट रंगशालासम्म पुगेको थियो।

रङ्गशाला पुगेर मात्र  उनीहरुको यात्रा टुङ्गिएन। उनीहरुको समूहले स्टेजमा नै चढेर नृत्यसमेत गर्न भ्याए। कार्यक्रमका अतिथि प्रधानमन्त्री केपी ओलीलाई समेत नृत्य देखाउन भ्याए।

 नयाँ शक्ति नेपालको घोषणा सभामा देशभरबाट १ हजारभन्दा बढी तेस्रो लिङ्हगीहरु सहभागी भएको नयाँ शक्ति नेपालकी केन्द्रीय परिषद् सदस्यसमेत रहेकी पिङ्की गुरुङले जानकारी गराइन्। अहिलेसम्म १ सय ६८ जनाले पार्टीको सदस्यता लिइसकेका छन्। ४ सय भन्दा बढीलाई फारम भर्न वितरण भइसकेको गुरुङले पहिलोपोस्टलाई बताइन्।

उनले भनिन्, नयाँ शक्तिले हामीलाई माया गरेको छ। हामीले पनि माया गर्नु त पर्‍यो नि। नयाँ शक्तिले हामी जस्तालाई स्थान दिएको छ, यो नै नयाँ शक्तिको नयाँ उदाहरण हो ।


 


ट्रेन्डिङ पोस्ट

Ncell