
फ्रान्समा जारी युरो २०१६ मा क्रोएसियाले विजयी सुरुवात गरेको छ। लुका मोडरिचलेको निर्णायक गोलको मद्दतमा क्रोएसियाले टर्कीलाई हराएको हो।
समूह डी अन्तर्गत आइतबार बेलुका भएको खेलमा क्रोएसियाले टर्कीलाई १–० ले पराजित गरेको हो। खेलको ४१ औं मिनेटमा लुका मोडरिचले भलीमार्फत शानदार गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलमा क्रोएसिया र टर्कीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन। जितसँगै क्रोएसियाले महत्वपूर्ण तीन अंक जोडेको छ। समूह डी मा क्रोएसिया र टर्की सँगै साविक विजेता स्पेन र चेक रिपब्लिक रहेका छन्।