PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​कोपा अमेरिका : इक्वेडर क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि अमेरिकासँग खेल्ने



पहिलोपोस्ट

​कोपा अमेरिका : इक्वेडर क्वाटरफाइनलमा, सेमिफाइनल प्रवेशका लागि अमेरिकासँग खेल्ने

इक्वेडर अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियो फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 
समुह चरण अन्तर्गत यसअघिका दुई खेलमा बराबरी खेलेको इक्वेडर समुहको अन्तिम खेलमा हाइटीलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।

इक्वेडरले पहिलो खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेलेको थियो भने पेरुसँग २–२ गोलको बराबरी खेलेको थियो । 

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा इक्वेडरलाई जित दिलाउन भ्यालेनिसया दाजुभाईले उत्कृष्ट प्रदर्शन गरे। एक गोल गरेका इनर भयालेन्सियाले दुई गोलका लागि सहयोग गरे भने एन्टानियो भयालेन्सियाले पनि गोल गरे। यस्तै जेमी आयोभी र क्रिस्टियन नोबोअले एक एक गोल गरे।
 
समुह बी को उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको इक्वेडरले अब आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अमेरिका समुह ए को विजेता हो।
 
अहिलेसम्म कोपाको उपाधि जित्न नसकेको इक्वेडर सन् १९९७ पछि पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको हो। समुह बी बाट ब्राजिल र पेरुमध्ये एक टोली समुह विजेताको रुपमा कवाटरफाइनल पुग्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell