PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

८ पटकको विजेता ब्राजिल समूह चरणबाटै आउट, पेरु क्वाटरफाइनलमा : भिडियोमा हेर्नुस् विवादास्पद गोल



पहिलोपोस्ट

८ पटकको विजेता ब्राजिल समूह चरणबाटै आउट, पेरु क्वाटरफाइनलमा : भिडियोमा हेर्नुस् विवादास्पद गोल

आठ पटकको च्याम्पियन ब्राजिल कोपा अमेरिका सेन्टेनारियोको समूह चरणबाटै बाहिरिएको छ।

पेरुका राउल रुइडियाजले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल पेरुसँग १–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो। खेलको ७५ औं मिनेटमा रुइडियाजले हातले गरेको गोललाई रेफ्रीले पहिले मान्यता दिएका थिएनन् तर पेरुले मान्यता दिन भन्दै विवाद गरेपछि थर्ड रेफ्रीको सहायतामा उक्त गोललाई मान्यता दिइयो।

समूह चरणको अन्तिम खेलमा पेरुसँग पराजित भएसँगै ब्राजिलको क्वाटरफाइनल यात्रा समाप्त भएको हो। यसअघि समूह चरणमा एक जित र एक बराबरी नतिजा निकालेको ब्राजिललाई क्वाटरफाइनलमा प्रवेश गर्न पेरुविरुद्ध जित वा बराबरी आवश्यक थियो। तर अन्तिम खेलमा ब्राजिल पेरुसँग १-० ले पराजित हुन पुग्यो ।

दुई जित र एक बराबरी खेलेको पेरु ७ अंकका साथ समूह बी को विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ। यस्तै एक जित र दुईमा बराबरी गरेको इक्वेडर ५ अंक जोड्दै समूह बी को उपविजेता बन्यो। समूह चरणको पहिलो खेलमा इक्वेडरसँग बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा हाइटीलाई हराएको थियो तर पेरुसँगको हार ब्राजिलको लागि कोपा अमेरिकाको समूह चरणबाटै घर फर्किने कारण बन्यो।

भिडियोमा हेर्नुस्, विवादास्पद गोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell