PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मोडलको नजरमा युरो कप

मोडलको नजरमा युरो कप

पहिलोपोस्ट /पहिलोपोस्ट


१५ औं संस्करणको युरो २०१६ शुक्रबारबाट फ्रान्समा औपचारिक रुपमा सुरुवात भइसकेको छ। विश्वकप पछिको ठूलो फुटबल प्रतियोगितामा पहिलो पटक २४ राष्ट्रले सहभागिता जनाउँदै छन्। काठमाडौबाट चार हजार पाँच सय माइल टाढा रहेको फ्रान्समा युरो चलिरहँदा त्यसको असर नेपालमा पनि परिरहेको छ। सारा फुटबल प्रेमीको ध्यान अहिले युरो र कोपा अमेरिकामा छ। त्यसैमध्येकी एक हुन् लहिमा आर. एल. राणा।
 
सन् २०१३ को मिस एसएलसीमा मिस फ्रेण्डसिपको उपाधि जितेकी राणा तीन वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय छिन्। सोल्टीमोड निवासी राणाले विज्ञान संकायमा दश जोड दुई सकाइसकेकी छिन् भने बिएसी नर्सिङको लागि विदेशमा अध्ययन गर्ने उनको सोचाई रहेको छ। अध्ययन र मोडलिङ फरक पाटो भएपनि मोडलिङ र नृत्यमा आफ्नो रुचि रहेको उनले बताइन्।
 
नाडा अटो सो विभिन्न सामाग्रीहरुको लन्च सोमा सहभागिता जनाइसकेकी राणाले नयाँ प्रोजेक्ट अन्तर्गत टिभिसी एड र पेपर एडहरुमा समेत काम गरेकी छिन् जुन छिट्टै बजारमा आउने तयारीमा छ।

“यस पटकको युरोकपमा म जर्मनीलाई समर्थन गर्दैछु तर मेरो मन पर्ने खेलाडी भने क्रिस्टियानो रोनाल्डो हो,” राणाले उत्साही हुँदै भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell