PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बाल श्रमविरुद्ध २० ठाउँमा देखाइयो कचहरी



पहिलोपोस्ट

बाल श्रमविरुद्ध २० ठाउँमा देखाइयो कचहरी

काठमाडौं : बाल श्रमविरुद्ध विश्व दिवसको सन्दर्भ पारेर शैली थिएटर र सिबिस नेपालको संयुक्त आयोजनामा राजधानीका विभिन्न २० स्थानमा कचहरी नाटक मन्चन गरिएको छ।
 
बालबालिकालाई कम ज्यालादारीमा जोखिमपूर्ण काम लगाई ज्यादा आम्दानी गरिएको सत्य घटनामा नाटक आधारित रहेर नाटक तयार पारिएको शैली थिएटरका कार्यक्रम संयोजक तथा नाटकका लेखक/निर्देशक आर्यन न्यौपानेले बताए। 'नेपाल सरकार, ट्रेड युनियन, बाल हकअधिकारमा काम गर्ने संस्था तथा सबै नागरिकहरु बालबालिकामाथि हुने हिंसा रोक्न लागेमात्र सम्भव छ,' उनले भने, 'नाटकमार्फत जनचेतना जगाउने काम त सानो प्रयास मात्र हो।'

नाटकमा सहिन प्रजापति, सौरब ढकाल, सपना सन्जीवनी, समिर खनाल, राशी छेत्री, अविशेष नेपाल, आकृति लम्साल, शर्मिला खनालले अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell