PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

युरोकप खेलमा बाजी राख्ने दुई जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं : युरोकपको ज्वरोले तपाईंलाई कतिको समातेको छ?

फुटबलको पारखी हुनुहुन्छ भने मध्यरातका खेल पनि हेरिरहनुभएको होला। साथीभाइसँग रमाउँदै खेल हेरे पनि मोटो रकमसहित बाजी राखेर कदापि खेल नहेर्नुहोला। किनकि प्रहरीले निगरानी बढाइरहेको छ।
  
युरोकप खेलमा ठूलो धनराशि बाजी राख्ने दुई जना सोमबार पक्राउ परेका छन्। दिउँसो काठमाडौंको आरबी कम्प्लेक्स नजिकैबाट २ लाख ४५ हजार नगदसहित उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा दीपक रत्न शाक्य र सागर खड्गी रहेको डिएपी विनोद घिमिरेले जानकारी दिए।

युरोकपमा भइरहेका खेलको जित-हारमा बिट लगाउने अरु पनि हुन सक्ने भन्दै निगरानी बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell