PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

युरो प्रिभ्यु : बेल्जियमको आक्रमण विरुद्ध इटलीको रक्षापंक्ति



पहिलोपोस्ट

युरो प्रिभ्यु : बेल्जियमको आक्रमण विरुद्ध इटलीको रक्षापंक्ति

युरो २०१६ अन्तर्गत आज मध्यरात १२ : ४५ बजे हुने खेलमा समूह ई मा रहेका बेल्जियम र इटलीबिच प्रतिस्पर्धा हुँदैछ।

यसपटकको युरोमा सम्भवत: समूह चरणमा हुने सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा हेरिएको छ, बेल्जियम र इटलीको खेललाई। इतिहास राम्रो भए पनि पछिल्लो एक दशक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खासै जम्न नसकेको इटली र गोल्डेन जेनेरेसनको रुपमा परिचित बेल्जियमबीचको खेल हेर्न लायक हुने अनुमान गरिएको छ।
 
विशेषगरी डिफेन्समा जोडे दिने इटलीको लागि उत्कृष्ट आक्रमण रहेको बेल्जियमलाई रोक्नु चुनौती हुनेछ। चार पटकको विश्वविजेता तथा एक पटकको युरो च्याम्पियन इटली पछिल्लो पटक सन् २०१२ मा फाइनलसम्म पुगेको थियो तर स्पेनसँग एकपक्षीय खेलमा पराजित हुन पुग्यो। यता अहिलेसम्म कुनै पनि ठूला प्रतियोगिता जित्न नसकेको बेल्जियम यो पटक भने दाबेदारको रुपमा रहेको छ।

रेड डेभिल्स उपनाम पाएको बेल्जियममा कप्तान तथा मुख्य डिफेन्डर भिनसेन्ट कोम्पनी सहभागी छैनन्। तर प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका केभिन डे बु्रएन, कप्तान एडेन हाजार्ड, रोमेलु लुकाकु, टिवाउट कोर्थिएस, फेलाइनी जस्ता खेलाडी बेल्जियमका स्टारका रुपमा रहेका छन्। भेट्रान गोलरक्षक जियानलुजी बफोनको नेतृत्वमा रहेको इटलीको डिफेन्सलाइनमा जर्जियो चलिइनी, आन्द्रै बार्जाग्ली र लियोनार्डो बेनुची रहनेछन्। यस्तै अलसान्द्रो फ्लोरेन्जी, ग्राजियन पेल्ले, लरेन्जो इनसिग्ने, फेडेरिको बर्नाडेसी, स्टेफेन अल सारावे जस्ता खेलाडीहरुको खेल हेर्नलायक हुने अपेक्षा गरिएको छ।
 
गत वर्ष नोभेम्वरमा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले इटलीलाई ३–१ ले पराजित गरेको थियो। तर सन् १९७२ को युरोयता प्रतियोगितात्मक खेलमा बेल्जियमले इटलीलाई हराउन सकेको छैन। सन् २००२ मा युरोकपमा भिडेका बेल्जियमका मार्क विलमट र इटलीका एन्टोनी कोन्टे अहिले प्रशिक्षकको भुमिकामा रहेका छन्।
 
सबैखाले खेलमा गरेर इटली र बेल्जियम अहिलेसम्म २१ पटक आमनेसामनले भएका छन्, जसमा इटली १३ पटक विजयी भएको छ भने चार खेल बेल्जियमको पक्षमा गएको छ। यस्तै चार खेल बराबरीमा टुंगिएको थियो।
 

आयरल्याण्ड भर्सेस स्वीडेन

समूह ई अन्तर्गत नै आज राति ९:४५ बजे हुने खेलमा स्वीडेन र आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। इटली र बेल्जियम समेत यसै समूहमा रहेकाले अघिल्लो चरण प्रवेशका गर्न दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ।
 
स्टार फरवार्ड ज्लाटन इब्राहिमोभिचको नेतृत्वमा रहेको स्वीडेन र रोवी केनको नेतृत्वमा रहेको आयरल्याण्ड प्रहिलो खेलमा सुखद नतिजा हात पार्ने प्रयासमा छन्। तर इब्राहिमोभिचलाई रोक्नु आयरल्याण्डका डिफेन्डरहरुलाई मुख्य चुनौती हुनेछ। आयरल्याण्डले प्रतियोगितात्मक खेलमा अहिलेसम्म स्वीडेनलाई हराउन सकेको छैन। तर सबैखाले प्रतियोगितामा गरेर स्वीडेनसँग १० पटक भिडेको आयरल्याण्ड तीन खेलमा विजयी भएको छ भने पाँच खेलमा पराजित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell