PahiloPost

Oct 19, 2025 | ३ कात्तिक २०८२

युरो कर्नर : बालोटेली भन्छन्- डेविड शिल्भा ‘स्लो मेसी’



पहिलोपोस्ट

युरो कर्नर : बालोटेली भन्छन्- डेविड शिल्भा ‘स्लो मेसी’

फ्रान्समा जारी युरो अन्तर्गत आज मध्यरात इटलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ।
 
गत संस्करणमा इटलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका मारियो बालोटेली भने इटलीको टीममा छनोट हुन असफल रहे। इटलीको खेल हुनु केही घण्टाअघि बालोटेलीलाई गोल डटकमका सम्वाददाताले स्पेनको खेलाडीहरुबारे सोधेका थिए। जवाफ दिने क्रममा बालोटेलीले डेविड शिल्भालाई ‘स्लो मेसी’को उपनाम दिएका छन्।

बालोटेलीले शिल्भाको खेल मेसीको जस्तै भए पनि उनको जस्तो गति नभएको प्रतिक्रिया दिए।

टोरेस र कोस्टा टीममा नरहे पनि यसले स्पेनलाई कुनै फरक नपर्ने र स्पेन सधैं स्पेन नै रहने बालोटेलीको प्रतिक्रिया छ। यस्तै बालोटेलीले सेस फाब्रेगास र फरवार्ड अल्भारो मोराटाको पनि प्रशंसा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell