PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सर्वाधिक गोलकर्ता बन्ने होडमा रोनाल्डो र इब्राहिमोभिच



पहिलोपोस्ट

सर्वाधिक गोलकर्ता बन्ने होडमा रोनाल्डो र इब्राहिमोभिच

फ्रान्समा जारी युरोकप खेल्ने खेलाडीमध्ये सबैभन्दा स्टार नाम हो, क्रिस्टियानो रोनाल्डो र ज्लाटन इब्राहिमोभिच।
 
दुवैका केही विशेषता छन्। क्लब फुटबलमा रोनाल्डो र इब्राहिमोभिचले थुप्रै रेकर्ड बनाइसकेका छन्। तर राष्ट्रको लागि भने दुवैले अहिलेसम्म केही जित्न सकेका छैनन्। यो पटक पोर्चुगल र स्वीडेनलाई युरोमा छनोट गराउन भने क्रमश: रोनाल्डो र इब्राहिमोभिचको भूमिका महत्वपूर्ण रह्यो।
 
गतवर्षको क्लब फुटबलमा पनि उनीहरुको प्रदर्शन उच्च स्तरको रहेको थियो। रोनाल्डो पोर्चुगल र रियल मड्रिडका अल टाइम टप गोल स्कोरर हुन् भने इब्राहिमोभिच पनि स्वीडेनका सर्वाधिक गोलकर्ता हुन्। यस्तै गत सिजनपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाडेका इब्राहिमोभिच फ्रान्सेली क्लबका पनि सर्वाधिक गोलकर्ता हुन्। यस्तै युरोकपमा पनि रोनाल्डो र इब्राहिमोभिचले समान ६ गोल गरेका छन्।
 
दुवै खेलाडी सर्वाधिक गोलकर्ताको सूचीमा फ्रान्सका मिचेल प्लाटिनी र इंगल्याण्ड एलान सिररभन्दा पछि छन्। यो पटक रोनाल्डो र इब्राहिमोभिचले मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ। प्लाटिनीले सन् १९९४ को एकै युरोमा ९ गोल गरेका थिए। इब्राहिमोभिचको स्वीडेनले सोमबार राति आयरल्याण्डसँग पहिलो खेल खेल्दैछ र सबैको नजर इब्राहिमोभिचमै रहेको छ।
 
रोनाल्डोको पोर्चुगलले भने मंगलबार आइसल्याण्डविरुद्ध खेल्दैछ। यसअघिका तीन संस्करण खेलेका रोनाल्डो र इब्राहिमोभिचले तीन वटै संस्करणमा गोल गरेका थिए। रोनाल्डोले सन् २००४ को युरोमा दुई, २००८ मा एक र २०१२ मा तीन गोल गरेका थिए भने इब्राहिमोभिचले तीनै संस्करणमा समान दुई गोल गरेका थिए। रोनाल्डो र इब्राहिमोभिचबाहेक पोर्चुगलकै नुनो गोमज र हेल्डर पोस्टिङ्गा, जर्मनीका जर्गेन क्लिन्समन, फ्रान्सका थिएर हेनरी र चेक रिपबिलकका भ्लादिमिर स्मिसेरले पनि लगातार तीन संस्करणमा गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell