PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

कोपा अमेरिका : मेक्सिको र भेनेजुएला अपराजित रहँदै क्वाटरफाइनलमा



पहिलोपोस्ट

कोपा अमेरिका : मेक्सिको र भेनेजुएला अपराजित रहँदै क्वाटरफाइनलमा

कोपा अमेरिका सेन्टेनारियो सुरु हुनु अघि सर्वाधिक १५ पटकको विजेता उरुग्वे समुह चरणबाटै बाहिन्छ भन्नेमा सायद कमै थिए होलान्। मेक्सिको र उरुग्वे जस्ता बलिया राष्ट्र सम्मिलित समुह सी बाट भेनेजुएलालाई अघिल्लो चरण प्रवेश गर्न त्यती सहज भने थिएन।
 
तर समुह चरणका खेलहरु सम्पन्न भएसँगै केही आश्चर्यजनक नतिजा आए। समुह सी बाट मेक्सिको र भेनेजुएला शीर्ष दुई स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गर्दा उरुग्वे र जमैका समुह चरणबाट बाहिरियो।
 
समुह चरणको अन्तिम खेल खेल्नु अघि नै क्वाटरफाइनल पुगिसकेको मेक्सिको र भेनेजुएलाले अन्तिम खेलमा बराबरी खेल्दै अंक बाँडे। यस अघि दुवै टीमले उरुग्वे र जमैकालाई हराउँदै अन्तिम आठको यात्रा तय गरिसकेको थिए।

यस्तोमा अन्तिम खेल समुह विजेता र समुह उपविजेताको टुङ्गो लगाउने खेल बन्यो। जसमा मेक्सिको र भेनेजुएलाले १–१ गोलको बराबरी खेले।
 
खेलका दशौं मिनेटमै जोस भेलाज्काकोजले गोल गर्दै भेनेजुएलालाई अग्रता दिलाएका थिए । खेल सकिन दश मिनेट अगाडीसम्म पनि भेनेजुएलाले उक्त अग्रतालाई कायमै राखेको थियो। तर ८० औं मिनेटमा मेकिसकोका जेसस कोरोनालो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुवैतर्फबाट गोल नहुँदा खेल बराबरीमै सकियो।
 
बराबरीपछि गोल अन्तरका आधारमा मेक्सिको समुह सी को विजेता तथा भेनेजुएला उपविजेता बनेको छ। क्टारफाइनलमा अब मेक्सिकोले समुह डी को उपविजेता तथा भेनेजुएलाले समुह डी को विजेतासँग खेल्नेछ। 
समुह डी बाट यसअघि नै दुई खेल जित्दै अर्जेन्टिना क्वाटरफाइनल पुगिसकेको छ भने चिली र बोलिभिया बिच हुने खेलको विजेता पनि क्वाटरफाइनल पुग्नेछ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell