PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

जुवातास खेल्ने २ महिलासहित १८ जना पक्राउ, ७ लाख रुपैयाँ बरामद



पहिलोपोस्ट

काठमाडौं : अवैध रुपमा जुवातास खेल्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर बज्रवाराही नगरपालिका-४ ठेचोस्थित विमला मालीको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले १० बुक तास, १६ थान कौडा, पासा ३ थान, काठको गोटी १६ थान र नगद ७ लाख १६ हजारसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा १६ जना पुरुष र २ जना महिला रहेका छन्। प्रहरीले विमला माली, आनन्द श्रेष्ठ, गोपाल महर्जन, कुलबहादुर तामाङ, विजय लामा, बाबुराम तामाङ लगायत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell