PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बालगोपाल महर्जन नेतृत्वको बंगाली क्लब फेडेरेसन कपको क्वाटरफाइनलमा



पहिलोपोस्ट

बालगोपाल महर्जन नेतृत्वको बंगाली क्लब फेडेरेसन कपको क्वाटरफाइनलमा

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशी क्लबमा सुखद सुरुवात गरेका छन्।

महर्जनको प्रशिक्षणमा रहेको ब्रदर्स युनियन उत्तर बरिधारालाई पराजित गर्दै फेडेरेसन कपको कवाटरफाइनलमा प्रवेश गरेको छ।
समूह सी को खेलमा युनियनले बरिधारालाई १-० ले पराजित गरेको हो। ३१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई एनकोवचले किङ्ग्सलेले गोलमा परिणत गर्दै ब्रदर्स युनियनलाई जित दिलाएका हुन्।

ब्रदर्स युनियनले बरिधारालाई हराएसँगै समूह सी बाट शेख जमाल धनमुन्डी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell