PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मर्निङ वाकमा निस्केर अस्पतालको चौथो तलाबाट हामफाल्ने बस्ताकोटीको मृत्यु



पहिलोपोस्ट

काठमाडौं : काठमाडौंको सिनामंगलमा रहेको केएमसी हस्पिटलको चौथो तलाबाट हामफाल्ने गोपीकृष्ण बस्ताकोटीको उपचारको क्रममा मृत्यु भएको छ।

मर्निङ वाकका गएका बेला बिहान करिब ५ बजेतिर हस्पिटल पुगेर उनले चौथो तलाबाट हामफालेका थिए। उपचारको क्रममा ६ : ४५ मा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

५२ वर्षीय बस्ताकोटीले हामफाल्नुअघि सानो नोट लेखेको भेटिएको छ। 'आफैंले हामफालेकाले अस्पतालसँग कुनै क्षतिपूर्ति नमाग्नु' भन्ने व्यहोराको नोट फेला परेको महानगरीय प्रहरी वृत्त गौशालमा प्रमुख डिएसपी नवराज कार्कीले बताए।

काठमाडौं महानगरपालिका-७ चाबहिल निवासी बस्ताकोटीको आत्महत्या कारणबारे खुलिनसकेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell