PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

​सियोको टुप्पोदेखि डराउने नीताले गरिन् १३३ पटक रक्तदान



सविन ढकाल

​सियोको टुप्पोदेखि डराउने नीताले गरिन् १३३ पटक रक्तदान

काठमाडौँ : सानैदेखि सियोको टुप्पोदेखि डराउँथिन् नीता घराइया। तर उनले रक्तदान गरेको १३३ पटक भइसक्यो। वर्षमा अझै पनि चार पटक रक्तदान गर्ने गरेको बताउने उनी विश्वमै धेरै पटक रक्तदान गर्ने महिलाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउने प्रक्रिया अगाडि बढाएको बताउँछिन्।
 
भर्खरै ५० वसन्त पार गरेकी नीताले पहिलो पटक रक्तदान गर्दाको अनुभव यसरी सुनाइन्-
 

३६ वर्षअगाडिको कुरा हो, लगनटोलमा हाम्रो घर नजिक दुई जना प्रेम विवाह गरेका जोडी भाडाको कोठामा बस्थे। एकदिन अचानक महिला घरको छतबाट लडिन्। तुरुन्तै एम्वुलेन्स बोलाइयो र नजिकैको वीर अस्पताल पुर्या इयो। त्यतिखेर म १४ वर्षकी थिएँ। म पनि कुद्दै अस्पताल पुगेँ। म पुग्दा ती महिलाको मृत्यु भइसकेको रहेछ। हामी केटाकेटी भएकाले अस्पतालको बेडमा छिर्न दिएन। केही समयपछि मैले ती महिलाको मृत्यु रगत अभावको कारण गर्दा भएको भन्ने थाहा पाएँ। त्यस दिनदेखि मैले रक्तदान गर्ने अठोट गरेँ। 

एकपटक आफ्नो रगतले भारतको एक ११ वर्षीय बालकले पुर्नजन्म पाएको सम्झँदै उनी भन्छिन्,  ‘त्यो दिन म सबैभन्दा बढी खुसी थिएँ। उसको परिवार धेरै धनी थिए। परिवारले के माग्छौ माग भने। मैले भनेँ, आशीर्वाद दिनुहोस्।‘ 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell