PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

यसपटकको मनसुन सुरु अझै एक हप्ता लाग्ने



पहिलोपोस्ट

यसपटकको मनसुन सुरु अझै एक हप्ता लाग्ने

 काठमाडौँ : सामान्यतया जुन १० तारिखबाट मनसुन शुरु हुने गर्दछ तर यस पटक जुन १४ भइसक्दा पनि मनसुन शुरु भइसकेको छैन। कहिले सुरु हुन्छ त मनसुन?

मौसमविद् वरुण पौडेलका अनुसार अझै एक हप्तापछि मात्र मनसुन शुरु हुनेछ। पश्चिमी वायुको कारण यसपटक मनसुन ढिलो भएको पौडेलको भनाई छ।

अहिले मनसुनी वायु बंगालको खाडीसम्म आएको छ। पौडेलका अनुसार एक सातापछि पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गर्नेछ।

सामान्यतया जुन १० बाट सुरु भएको मनसुन सेप्टेम्बर २३ मा सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell