PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

उद्योग मन्त्री पाण्डे भन्छन्- 'तीन वर्षभित्र १० ठाउँमा पेट्रोलियम पदार्थको उत्खनन'



पहिलोपोस्ट

उद्योग मन्त्री पाण्डे भन्छन्- 'तीन वर्षभित्र १० ठाउँमा पेट्रोलियम पदार्थको उत्खनन'

भक्तपुर : उद्योग मन्त्री सोमप्रसाद पाण्डेले १० वर्षभित्रमा युवाले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्ने तयारीमा वर्तमान सरकार लागेको दाबी गरेका छन्।
 
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले मुलुकको सबै प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी नेपाली उत्पादनलाई प्राथामिकता दिन लागिएको बताए।
 
सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माणको लागि जग्गा अधिग्रहण कार्य भइरहेको जानकारी गराउँदै उनले १ नं. प्रदेशको झापामा बन्ने औद्योगिक क्षेत्रको विकासका लागि लगानी गर्न चीन र कोरिया तयार रहेको बताए।
 
दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै अन्य १० ठाउँमा पनि यो कार्य जारी राखिने उनको भनाइ छ। ‘अन्य स्थानमा रहेका इन्धन खानीको उत्खनन गरी व्यवसायिक रुपमा उत्पादन गर्नेछौं,’ उनले भने, ‘तीन वर्षभित्र मुलुकमा रहेका सबै खनिजजन्य पर्दाथको उत्खनन सक्ने लक्ष्य राखेका छौ।’

अर्कै प्रसंगमा उनले सरकार परिवर्तनतको कुरा हल्लामात्र भएको भन्दै २०७४ माघसम्म कसैले चाहेर पनि परिवर्तन नहुने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell